महुली लघुवित्तको एफपीओ बाँडफाँट
२०८१ पुस १९ गते शुक्रबार ।
बैंकको खबर । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आज बाँडफाँट भएको छ। लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।
एफपीओका लागि कुल १६ लाख ९२ हजार १०६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन परेको थियो । सोमध्ये १६ लाख ८७ हजार ७७४ जनाको आवेदन स्वीकृत भएको थियो । बाँकी ४ हजार ३३२ आवेदन रद्द भएको छ। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन् ।
लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँदरको ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गरेको थियो।
All banking information at your fingertips.