सहकारीसम्बन्धी अध्यादेश जारी


२०८१ पुस १४ गते आइतबार । 

बैंकको खबर । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् ।

“राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सहकारीहरुमा देखिएको समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएको हो । संसद् अधिवेशन नभएकाले सरकारले अध्यादेशमार्फत ऐन ल्याएको हो । 

All banking information at your fingertips.

शेयर गर्नुहोस