पाँचथरको फिदिम र ताप्लेजुङको फुङलिङमा एभरेष्ट बैंकको नयाँ शाखा शुभारम्भ 


२०८१ पुस १२ गते शुक्रबार । 

बैंकको खबर । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले पाँचथरको फिदिम नगरपालिका वडा नं. १ र ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

यी दुई शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा संख्या एक सय ३१ पुगेको बैंकले जनाएको छ । यस्तै कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ ।

बैंकले देशभरका आफ्ना ग्राहकलाई सहज बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालय विस्तार गर्दै आएको छ । यसबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा लिन सहज हुने विश्वास बैंकले लिएको छ । 

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकका १४ लाख भन्दा बढी ग्राहकहरु छन् । बैंकले देशभर सञ्चालनमा रहेका एक सय ३१ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बंैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस