‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’का लागि आवेदन दिने म्याद थप
बैंक खबर । सिटिजन्स क्यापिटल लिमिटेडले वैशख ६ गतेदेखि निष्काशन गरेको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । अब सो फण्डको इकाईका लागि वैशाख २० गतेसम्म आवेदन दिन सकिनेछ ।
क्यापिटलले १० करोड इकाई प्रतिइकाई १० रुपैयाँ अंकित दरमा निष्काशन गर्न लागेको हो । यसमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत इकाई वा १ करोड ५० लाख इकाईसम्म कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा विक्री हुनेछ ।
लगानीकर्ताको न्यूनतम एक सय इकाई र अधिकतम एक करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
दश वर्ष अवधिको एक अर्ब रुपैयाँको यो योजना बन्दमुखि योजना हो । न्यूनतम ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री भएमा फण्ड कार्यान्वयनमा आउनेछ । यदि ५० प्रतिशतभन्दा कम विक्री भएमा योजना खारेज गरी १५ दिनभित्र आवेदकहरुको रकम फिर्ता हुनेछ ।
यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
All financial information at your fingeritps.