नागरिक लगानी कोषले पुस २९ गते डाक्यो साधारणसभा
२०८१ पुस ९ गते मंगलबार ।
कर्पोरेट । नागरिक लगानी कोषले पुस २९ गते ३०औँ वार्षिक साधारणसभा बोलाएको छ । कोषले
गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेगरी सो दिन साधारणसभा बोलाएको हो।
कोषले आफ्नो केन्द्रिय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे साधारणसभा सुरु हुने जनाएको छ ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २२ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागि हुन र वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।