बैंकिङ प्रणालीबाट आज ४० अर्ब तान्दै राष्ट्र बैंक


२०८१ पुस ९ गते मंगलबार ।

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज पनि ४० अर्ब रुपैयाँ निक्षेपको रुपमा तान्ने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै १२ दिनको लागि निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा बोलकबोल गर्न सक्ने जनाएको छ । 

आज (पुस ९ गते) मध्यान्ह २ बजे बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी पुस २१ गते हुनेछ । ब्याजदर बोलकबोलको मध्यमबाट निर्धारण हुनेछ । 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष
भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । 

२०८१ पुस ९ गते मंगलबार ।

All banking information at your fingertips.

शेयर गर्नुहोस