महुली लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८१ पुस ९ गते मंगलबार ।
बैंकको खबर । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज (पुस ९ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशन गरेको हो।
लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९।१५ कित्ता शेयर निष्काशन गरेको हो।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतमा एक हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
All banking information at your fingertips.