सेयरबजार फेरि २६ सय माथि पुग्यो
२०८१ पुस ८ गते शुक्रबार ।
सेयर खबर । सेयरबजारमा कारोबार मापक नेप्से परिसूचक फेरि २६ सय विन्दुभन्दा माथि रोकिएको छ । आज नेप्से २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा पुगेको छ ।
बजार बढेपनि कारोबार रकम भने सुस्त छ । आज चार अर्ब ४३ करोड २४ हजार छसय तीन रुपैयाँको ८९ लाख आठ हजार आठ सय ५१ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका २४४ कम्पनीमध्ये १९४ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । आज ४१ कम्पनीका सेयरधनीले गुमाएका छन भने बाँकी रहेका नौ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रोपावर र बाराही हाइड्रोपावरको सेयर कारोबार सकारातमक सर्किट लेबलमा भएको छ । यस्तै बलेफी हाइड्रोपावरको सेयरमूल्य पनि नौ दशमलव ९३ प्रतिशत बढेको छ ।
त्यसैगरी मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
All banking information at your fingertips.