नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने, बुक क्लोज कहिले ?


२०८१ पुस ७ गते आइतबार । 

कर्पोरेट । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ । 

कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैंठकले लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृति भई साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार काडमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेका लागि बोलाएको छ । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागि हुन र वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

All banking information at your fingertips.

शेयर गर्नुहोस