मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा पुस २७ गते, बुक क्लोज पुस १६ गते
२०८१, पुृस ५ गते शुक्रबार ।
बैंकको खबर । मितेरी डेभलपमेन्ट बैंकले पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन सुनसरी उद्योग वाणिज्य संघ, धरानमा १९औँ वार्षिक साधारणसभा डाकेको हो । साधारणसभा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ ।
साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ९.५०७९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५००४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सार्थ साधारणसभाले ‘ख’ वर्गको प्रादेशिक स्तरको विकास बैंकको लागि अनुमोदन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १६ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
All banking information at your fingertips.