नेपाल एसबिआई बैंकको सेयरमूल्य समायोजन
२०८१, पुृस ५ गते शुक्रबार ।
बैंकको खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल एसबिआई बैंकको सेयरमूल्य समायोजन गरेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने मितिको अघिल्लो अन्तिम कारोबार दिन सकिएपछि नेप्सेले बोनस सेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बैंकको ३.८० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि एसबिआईको सेयरमूल्य प्रतिकित्ता ४२५ रुपैयाँ ८२ पैसा कायम भएको छ।
नेप्सेले हिजोको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो। हिजो बिहीबार, दोस्रो बजारमा बैंकको सेयरमूल्य प्रतिकित्ता ४४२ रुपैयाँ कायम भएको थियो ।
बैंकले पुस ७ गते आइतबार साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्दैछ । बैंकले पुस २१ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशतका बोनस सेयर र सोको कर प्रयोजनसहित ६.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।
All banking information at your fingertips.