अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर


बैंकको खबर । अमरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । फेडले ब्याजदर ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो । अब ब्याजदर ४.२५ प्रतिशत विन्ददुखि ४.५० प्रतिशत विन्दसम्म कायम भएको छ । 

यस वर्ष केन्द्रीय बैंकले ब्याजदर घटाएको यो तेस्रो पटक हो । मल्यवृद्धि नियन्त्रण उन्मुख भएपछि केन्द्रीय बैंकले गत सेम्टेम्बर १८ मा ०.५० प्रतिशत विनदुले ब्याजदर घटाएर पाँच प्रतिशतमा झारेको थियो । जुन करिब चार वर्षयता पहिलो पटक घटाएको थियो । 

फेडले सन् २०२० मार्च यता ब्याजदर घटाएको थिएन । सन् २०२० मार्चमा ०.२५ प्रतिशत विन्दुमा रहेको ब्याजदर सन् २०२२ जुलाईसम्म स्थिर थियो । त्यसपछि लगातार बढेको थियो । 

मद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले सन् २०२२ मार्चदेखि सन् २०२३ जुलाईसम्म ११ पटक ब्याजदर बढाएको थियो । त्यतिबेला अमेरिकमा ब्याजदर २३ वर्ष यताकै उच्चस्तर ५.५० प्रतिशत पुगेको थियो । 

All banking information at your fingertips.

 

 

२०८१ पुस ५ गते शुक्रबार । 

शेयर गर्नुहोस