कृषि विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?
२०८१ पुस ४ गते बिहीबार ।
बैंकको खबर । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश रहेको छ।
बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.