ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा
१०८१ पुस ३ गते बुधबार ।
बैंकको खबर । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा लाभांश वितरण गरिनेछ।
All banking information at your fingertips.