नबिल बैंकको कार्डबाट सामसङ मोबाइल किन्दा क्यासब्याक अफर
बैंक खबर । नबिल बैंकको कार्डबाट सामसङका दुई नयाँ मोडलहरु ग्यालेक्सी ए ३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजी खरिद गर्दा क्यासब्याक पाइने भएको छ ।
यि दुई नयाँ मोडलका मोबाइल सेट किन्दा बैंकको कार्डबाट भुक्तानी गर्नेहो भने दुई हजार रुपैयाँ क्यासब्याक हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार बैैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सो रकम क्यासब्याक दिने सम्झौता भएको छ ।
बैंकले जारी गर्ने यि कार्डहरु देशभर रहेका २५३ शाखाहरुमध्ये कुनैपनि शाखाबाट लिन सकिने जनाएको छ ।
All financial information at your fingertips.