नेपाली रुपैयाँ झन कमजोर, डलरको भाउ आकासियो


२०८१ पुस ३ गते बुधबार ।

बैंकको खबर । अमेरिकी डलरको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ १४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ५४ पैसा छ । हिजो मंगलबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ ०९ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।

डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) निरन्तर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुँदै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । 

डलरको भाउ बढ्दा के हुन्छ ?
डलरको भाउ बढ्दा आयात महँगो पर्छ । यस्तै सरकारलाई वैदेशिक ऋणको लागत पनि बढ्छ । विद्येश अध्ययनमा जाने र भ्रमणमा जाने नेपाली नागरिकले बढी पैसा तिर्नुपर्छ ।

तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । पर्यटन क्षेत्रमा पनि फाइदा पुग्छ । 

शेयर गर्नुहोस