नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध
२०८१ पुस २ गते मंगलबार ।
बैंकको खबर । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था बैंकर्स संघको अध्यक्षका लागि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोइरालाको एकल उम्मेद्वारी परेको हो ।
गत साता संघको अध्यक्षका लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन र माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले उम्मेद्वारी दर्ता गराएका थिए । तर मंगलबार शेरचनले आफ्नो दावी फिर्ता लिएका छन्। उनको दावी फिर्ता भएसँगै कोइराला निर्विरोध अध्यक्ष बनेका हुन् ।
संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी चयन भएका छन् ।
All banking information at your fingertips.