राष्ट्र बैंकले माग्यो वित्तीय साक्षरता प्रशिक्षक, अनुभव १५ वर्ष चाहिने 


२०८१ पुस २ गते मंगलबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षकको लागि आवेदन माग गरेको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दै वित्तीय साक्षरता प्रशिक्षकका लागि आवेदन आह्वान गरेको हो। 

मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको वा मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सीएरएसीसीएरसीएपी परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पउनेछन् ।

वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थामा कम्तीमा १५ वर्षको अनुभव तथा फाइनान्सियल लिट्रेसीसँग सम्बन्धित विषयमा अनुभव र विशेष योग्यता प्राप्त गरेका व्यक्तिलाई ग्राह्यता दिइने केन्द्रीय बैंकले जनाएको छ।

All banking information at your fingertips.

शेयर गर्नुहोस