हिमालयन बैंकले पनि लाभांश वितरण नगर्ने


२०८१ पुस २ गते मंगलबार । 

बैंकको खबर । हिमालयन बैंक लिमिटेडका सेयरधनीले यसवर्ष कुनैपनि लाभांश नपाउने भएका छन् । 

पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

बैंक सञ्चालक समितिले लाभांश वितरण नगर्ने प्रस्ताव सहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस