अमेरिकी डलरको भाउ उच्च विन्दुमा, अर्थतन्त्रमा कस्तो असर पर्छ ?


२०८१ पुस २ गते मंगलबार । 

बैंकको खबर । अमेरिकी डलरको भाउले आफ फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिददर १३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०९ पैसा कायम भएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । 

यसअघि मंसिर २८ गते शुक्रबार १ अमेरिकी डलरको खरिददर १३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०८ पैसा पुगेर रेकर्ड बनाएको थियो । त्यो रेकर्ड मूल्यलाई आज तोडेको हो ।

डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) निरन्तर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुँदै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । 

डलरको भाउ बढ्दा के हुन्छ ?
डलरको भाउ बढ्दा आयात महँगो पर्छ । यस्तै सरकारलाई वैदेशिक ऋणको लागत पनि बढ्छ । विद्येश अध्ययनमा जाने र भ्रमणमा जाने नेपाली नागरिकले बढी पैसा तिर्नुपर्छ ।

तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । पर्यटन क्षेत्रमा पनि फाइदा पुग्छ । 

 

All banking information at your fingertips.

शेयर गर्नुहोस