लक्ष्मी सनराइज बैंकले पुस २४ गते बोलायो साधारणसभा


२०८१ पुस २ गते मंगलबार । 

बैंकको खबर । लक्ष्मी सनराइज बैंकले पुस २४ गते काठमाडौंको कमलपोखरी स्थित अग्रवाल भवनमा चौबिसौँ वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा बिहान ११ बजे सुरु हुनेछ । 

साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

त्यसैगरी, साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

All banking information at your fingertips.

शेयर गर्नुहोस