सुनको मूल्य सामान्य बढ्यो 


२०८१ पुस १ गते सोमबार । 

अर्थतन्त्र । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य एक लाख ५० हजार ८०० रुपैयाँ थियो । 

आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस