शिवम् सिमेन्टको लाभांश घोषणा, बुक क्लोज पुस १७ गते
२०८१ पुस १ गते सोमबार ।
कर्पोरेट । शिवम सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
सञ्चालक समितिको बैठकले पुस २९ गते, सोमबार, काठमाडौंको भुकृटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा बिहान ९ बजे साधारणसभा बोलाउने निर्णय पनि गरेको छ ।
साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।
All banking information at your fingertips.