नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ
२०८१ मंसिर ३० गते आइतबार ।
बैंकको खबर । नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका फरार श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ ।
उनी काठमाडौंको स्वयम्भूबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका निजले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी ३९ करोड ८९ लाख रुपैयाँ हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।
पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।
All banking information at your fingertips.