ज्योति विकास बैंकले लाभांश वितरण नगर्ने


२०८१ मंसिर २८ गते शुक्रबार । 

बैंकको खबर । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । 

मंसिर २७ गते बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि रेको छ । 


 

All banking information at your fingertips.

शेयर गर्नुहोस