नेपाल एसबिआई बैंकले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने


२०८१ मंसिर २८ गते शुक्रबार । 

बैंकको खबर । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्नेगरि वार्षिक साधारणसभा डाकेको छ । 

बैंकले पुस २१ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३१औँ वार्षिक साधारणसभा बोलाएको हो। सो साधारणसभा बिहान ११ बजे शुरु हुने बैंकले जनाएको छ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनसहित ६.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

यस्तै साधारणसभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। पुस ५ गते शुक्रबार र ६ गते शनिबार परेकाले पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

All banking information at your fingertips.

शेयर गर्नुहोस