माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने
२०८१ मंसिर २६ गते बुधबार ।
बैंकको खबर । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
बैंक सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैंकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।
All banking information at your fingertips.