एचआईडीसीएलले ५.२५ प्रतिशत नगद लाभांश दिने


२०८१ मंसिर २६ गते बुधबार ।

कर्पोरेट । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ । 

मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल सरकारबाट स्वीकृती प्राप्त गरी आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

साधारणसभा पुस २४ गते
कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते तेह्रौँ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

शेयर गर्नुहोस