सिद्धार्थ बैंकले चार प्रतिशत नगद लाभांश वितरण गर्ने


२०८१ मंसिर २३ गते आइतबार । 

बैंकको खबर । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस