मुक्तिनाथ म्युचुअल फन्ड योजनाको बिक्री खुला
२०८१ मंसिर २० गते बिहीबार ।
बैंकको खबर । मुक्तिनाथ क्यापिटलले आजदेखि ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाइ बिक्री खुला गरेको छ। बन्दमुखि योजना प्रति इकाइ १० रुपैयाँका दरले बिक्री निष्काशन गरिएको क्यापिटलले जनाएको छ ।
कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाइ मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाइ सर्वसाधारणको लागि निष्कासन गरिएको हो ।
म्युचुअल फण्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन् ।
म्युचुअल फण्डमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर आवेदन भर्न सकिनेछ । आजदेखि मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ९ गतेसम्म अवधि लम्बिने क्यापिटलले जनाएको छ ।
१० वर्ष अवधिको यो म्युचुअल फण्ड विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो फण्ड हो ।
All banking information at your fingertips.