आज यि तीन कम्पनीको लाभांश सुरक्षित गर्नुहोस्
२०८१ मंसिर २० गते बिहीबार ।
बैंकको खबर । आज नेपाल स्टक एक्सचेन्जमा सूचिकृत तीन वटा कम्पनीको लाभांश सुरक्षित गर्ने दिन रहेको छ । आज (मंसिर २० गते) सूर्यज्योति लाइफ इन्सुरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
सूर्यज्योति लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चरले साधारणसभा तथा लाभांश प्रयोजनका लागि मंसिर २१ गते बुक क्लोज गर्नेछन् । यस्तै फर्स्ट माइक्रोफाइनान्सले भने मंसिर २४ गते बुक क्लोज गर्दैछ । मंसिर २२ गते शुक्रबार र २३ गते शनिबार परेकाले यि दुई दिन नेप्सेमा कारोबार हुँदैन । त्यसैले आज २० गतेसम्म सेयर खरिद गर्ने सेयरधनीले तीन वटै कम्पनीको साधारणसभामा सहभागी हुन र वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
सूर्यज्योति लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सो लभांश पारित गर्न पुस ६ गते विराटनगरमा रहेको बिग होटलमा बिहान १० बजे १७ औँ वार्षिक साधारणसभा डाकेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले पनि गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न पुस १२ गते काठमाडौंको आम्रापाली ब्यांक्वेटमा बिहान ९ बजे १२ औं वार्षिक साधारणसभा डाकेको छ ।
फर्स्ट माइक्रोफाइनान्सले पनि गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सो लाभांश पारित माइक्रोफाइनान्सले पुस ११ गते काठमाडौंको आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे १५औँ वार्षिक साधारणसभा बोलाएको छ ।
All banking information at your fingertips.