विद्युतीय कारोबार गर्दा सजग हुन केन्द्रीय बैंकको आग्रह


२०८१ मंसिर १८ गते मंगलबार ।

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप, डिजिटल वालेट जस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । 

राष्ट्र बैंकले सूचना जारी गर्दै विद्युतीय कारोबारको गति द्रुत हुने र कारोबारको जालो जटिल हुने भएकाले रकम ट्रान्सफर भइसकेपछि वित्तीय ठगहरुबाट रकम फिर्ता गर्ने कार्य पनि जटिल हुनसक्ने जनाएको छ ।

विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्दा हतार नगरी रकम प्राप्त गर्ने व्यक्तिको नाम, खाता नम्बर, ट्रान्सफर गर्नुपर्ने रकम लगायत सबै विवरण त्रुटिरहित भएको यकिन गरेर मात्र कारोबार गर्न आग्रह गरेको छ । 

राष्ट्र बैंकले रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठीक रहे/नरहेको यकिन गर्न सुझाव दिएको छ । 

विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्ने, कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटीपी, टोकन नम्बर जस्ता संवेदनशील वित्तीय जानकारी अरु कसैलाई पनि नदिने तथा ठूलो वित्तीय नोक्सानीबाट बच्न मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्न पनि आग्रह गरेको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस