नेप्से परिसूचक १७.८० अंकले बढ्यो, कारोबार घट्यो
२०८१ मंसिर १८ गते मंगलबार ।
सेयर खबर । सेयरबजारमा आज नेप्से परिसूचक १७.८० अंकले बढेर दुई हजार सात सय ७५.८५ विन्दुमा कायम भएको छ । कारोबार भएका २४४ कम्पनीमध्ये १४२ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । तर ९७ कम्पनीको सेयरमूल्य घटेको छ भने पाँच वटाको स्थिर रहेको छ ।
सूचक बढेपनि आज कारोबार रकम सोमबारको तुलनामा घटेको छ । सोमबार साढे १० अर्ब बढीको कारोबार भएको थियो भने आज मंगलबार आठ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बराबरको एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज व्यापार समूह सबैभन्दा धेरै ५.९६ प्रतिशतले बढेको छ । त्यसपछि फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । बाँकी समूहमा ओरालो लागेका छन् ।
दुई वटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको सेयर मूल्य समान ०.९९ प्रतिशतले बढेको छ ।
अपर स्याङ्गे जलविद्युत् लिमिटेडको ९.५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको ६.१८ प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको ३.४६ प्रतिशत, युनिक नेपाल लघुवित्तको ३.४६ प्रतिशत र समाज लघुवित्तको ३.४४ प्रतिशतले सेयरमूल्य घटेको छ ।
All banking information at your fingertips.