लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
२०८१ मंसिर १६ गते आइतबार ।
बैंकको खबर । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले निर्णय गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।
All banking information at your fingertips.