बैंकिङ प्रणालीबाट आज ५० अर्ब तान्दै राष्ट्र बैंक


२०८१ मंसिर १६ गते आइतबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।

यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

यस उपकरणको साँवा ब्याज भुक्तानी पुस ७ गते हुने राष्ट्र बैंकले जनाएको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस