कृषि विकास बैंकको मेलम्ची शाखाद्वारा सहयोग हस्तान्तरण
बैंकको खबर । कृषि विकास बैंकले कृषि क्षेत्रका विभिन्न प्रोडक्टहरुमार्फत कृषि तथा व्यवसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गर्दै आएको छ । २०४२ सालमा स्थापना भएको बैंकको मेलम्ची शाखाले अहिलेसम्म आफ्नो सेवालाई निरन्तरता दिइरहेको छ ।
स्थानीय स्तरमा हुने सवै जसो कार्यक्रममा सक्रिय सहभागीता जनाउदै आएको बैंकले २०८१ मंसिर १० गते सम्पन्न एक कार्यक्रममा इलाकाप्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सि.सि.टि.भि. वितरण गरेको छ । मेलम्चि वजार क्षेत्रमाहुने चोरी डकैति, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्र्नका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सि.सि.टि.भि. प्रदान गरेको हो । बैंकले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची वजारमा शान्ति सुरक्षा कायम गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
मेलम्ची शाखामा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ । छ । उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, शुसिल हुमागाईं, वागमती प्रदेश निर्देशक चन्द्र सिंह थापा, मेलम्ची शाखाका प्रवन्धक प्रज्वल भट्टराई लगायतको उपस्थिती थियो भने इलाकाप्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक कुमार चौलागाई लगायत विभिन्न सुरक्षाकर्मीहरुको उपस्थीती थियो ।
कार्यक्रममा सि.सि.टि.भि. हस्तान्तरण गर्दै बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको नियमित सेवाका अतिरित्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागीता जनाउन पाँउदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ती सुरक्षा कायम राख्न ठुलो योगदान दिन सक्ने धारणा राखे । बैंकले यस क्षेत्रमा करिव १ अर्ब वरावरको कर्जा लगानी गरी विकट ग्रामिण क्षेत्रका जनताको कर्जा आश्यकता पुरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको व्यहोरा उल्लेख गरे । कृषि विकास बैंक जस्तो ग्रामिण भेगमा गएर खेतबारी धितोको आधारमा कर्जा दिने अन्यकुनै बैंक नरहेको विचार व्यक्त गर्दै बैंकबाट लिएको कर्जा समयमानै भुक्तानी गर्न सामाजिक सचेतनाको लागि स्थानीय निकाय, प्रहरी, नागरीक समाज, राजनैतिक संघ संगठन आदिलाई अनुरोध गरे ।
कार्यक्रममा इलाकाप्रहरी कार्यालयका प्रहरी निरिक्षक कुमार चौलागाईले उक्त सि.सि.टि.भि ग्रहण गर्दै बैंकलाई धन्यवाद दिनए । बैंकले गरको यस प्रकारको योगदान दिर्धकालसम्म अविस्मरणीय रहने र आगामी दिनमा समेत सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
All banking information at your fingertips.