लाभांश पारित गर्न फर्स्ट माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, बुक क्लोज मंसिर २३ गते


२०८१ मंसिर १२ गते बुधबार । 

बैंकको खबर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ११ गते वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले काठमाडौंको भाटभटेनी स्थित आम्रपाली ब्याङ्क्वेटमा सो दिन बिहान १० बजे साधारणसभा सुरु हुने जनाएको छ । 

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

त्यस्तै, सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २३ गते एक दिन बुकक्लोज गर्ने भएको छ। त्यसैले र मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु साधारणसभामा सहभागि हुन र लघुवित्तले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

All banking information at your fingertips.

शेयर गर्नुहोस