खल्तीबाट अब एनपीएलको टिकट किन्न सकिने 


२०८१ मंसिर ११ गते मंगलबार । 

बैंकको खबर । डिजिटल वालेट कम्पनी  ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महा उत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । 

क्रिकेट प्रत्यक्ष हेर्नका लागि खल्ती एप मार्फत सजिलैसँग टिकट  ‘क्याच’ गर्न सकिने व्यवस्था गरिएको खल्तीले जनाएको छ । केही क्लिकमै खल्तीबाट टिकट काटेर स्टेडियममै पुगेर हेर्न सकिने भएको छ । 

अनलाइन टिकटहरू खल्ती एपमा उपलब्ध रहेको र क्रिकेट फ्यानहरूले खेलका टिकटहरू सजिलै किन्न सक्नेछन्। पहिलो दिन, प्लेअफ र त्यसपछिका खेल हुने दिन बाहेक, प्रति दिन साधारण टिकटको मूल्य ३०० रुपैयाँ साथै भिआइपी टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ । यस्तै प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ । 

सबै खेलको एकमुस्ट (सिजन पास पनि लिन सकिने र त्यसका लागि साधारणको मूल्य ४,४८० रुपैयाँ र भिआइपी टिकटको मूल्य ८,२४० रुपैयाँ तोकिएको छ।

मंसिर १५ बाट टियु अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा सुरु हुन गइरहेको एनपीएलमा विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी छन् भने राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता पनि रहनेछ।

All banking information at your  fingertips.

शेयर गर्नुहोस