स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


२०८१ मंसिर ११ गते मंगलबार ।

बैंकको खबर । आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १२ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले मंसिर २५ गते, बिहान साढे ९ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३८औँ वार्षिक साधारणसभा डाकेको छ । 

साधारणसभाले हाल कायम चुक्ता पूँजीको साढे ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 
 

All banking information at your fingertips.

शेयर गर्नुहोस