बैंकहरु कर्जा विस्तार गर्न असफल, राष्ट्र बैंकले फेरि तान्दै छ ५० अर्ब
२०८१ मंसिर ९ गते आइतबार ।
बैंकको खबर । बैंकहरुको कर्जा विस्तार सुस्त भई प्रणालीमा पैसा थुप्रिदै गएपछि राष्ट्र बैंकले निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । केन्द्रीय बैंकले आज पनि ५० अर्ब रुपैयाँ निक्षेप संकलन बोकबोल गरेको छ ।
राष्ट्र बैंकले १४ दिनको लागि बैंकिङ प्रणालीमा रहेको ५० अर्ब रुपैयाँ तान्न लागेको हो । त्यसका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ हुनेछ । राष्ट्र बैंकमा पैसा राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन पाउनेछन् ।
निक्षेप संकलन उपकरणको साँवा ब्याज भुक्तानी मंसिर २३ गते हुनेछ ।
All banking information at your fingertips.