मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?
२०८१ मंसिर ९ गते आइतबार ।
बैंकको खबर । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१को नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये ९.५०७९ प्रतिशत बोनस सेयर सोको कर प्रयोजनार्थ ०.५००४ प्रतिशत नगद लाभांश रहेको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.