विकास, समृद्धि र सुशासनको संकल्प पुरा गर्छौं : प्रधानमन्त्री ओली
२०८१ मंसिर ७ गते शुक्रबार ।
राजनीति । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु विकास समृद्धि र सुशासनको संकल्प पुरा गर्ने बाटोमा अगाडि बढिरहेको बताएका छन् ।
नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले अमज काठमाडौंको दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट पारेका हुन् । उनले अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए
प्रधानमन्त्री ओलीले लगानी मैत्री वातावरण निर्माण भइरहेकाले उद्योगी व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्नआग्रह समेत गरे । खराब अवस्थामा रहेको अर्थतन्त्रलाई कांग्रेस एमालेको सहकार्यमा बनेको सरकारको नीति र योजनाले सुधार भइरहेको दाबी समेत गरे ।
प्रधानमन्त्री ओलीले बहुराष्ट्रिय कम्पनीहरु र उद्योगी व्यवसायीलाई लगानी गर्न आग्रह गर्दै सरकारले सुरक्षा र सुशासनको व्यवस्था गर्ने बताए ।