लाभांश पारित गर्न नेशनल लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
२०८१ मंसिर ४ गते मंगलबार ।
बैंकको खबर । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्न नेशनल लघुवित्त वित्तीय संस्थाले मंसिर २४ गते वार्षिक साधारणसभा डाकेको छ ।
मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २४ गते बिहान ११ बजे काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका भिमसेनमार्ग स्थित अरनिको पार्टी प्यालेसमा एघारौं वार्षिक सधारणसभा बोलाउने निणर्य गरेको हो ।
साधारणसभाले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा तथा बोनस सेयर प्रयोजनका लागि लघुवित्तले मंसिर १८ गते देखि २४ गतेसम्म सेयर दाखिल खारेज (बुक क्लोज) गर्ने भएको छ । यस आधारमा मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागी हुन र पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।
All banking information at your fingertips.