सुनको मूल्यमा गिरावट, तोलामा दुई हजार दुई सय घट्यो


२०८१ कात्तिक २९ गते बिहीबार ।

बैंकको खबर । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य एक लाख ६० हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य प्रति तोला ३५ रुपैयाँ घटेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार एक हजार नौ सय पाँच रुपैयाँ निर्धारण भएको छ । 

All bankin information at your fingertips.

शेयर गर्नुहोस