सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ बढ्यो
काठमाडौं, २०८१ कात्तिक २३ ।
अर्थतन्त्र । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २००० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँ तोकेको छ । बिहीबार तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि डलर मजबुत हुँदा बिहीबार सुनको भाउमा भारी गिरावट भएको थियो । तर शुक्रबार सम्हालिँदै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको छ । यहीकारण नेपाली बजारमा पनि मूल्य बढेको व्यवसायीहरु बताउँछन् ।
आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाा बढेर एक हजार ९८० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तोलाको एक हजार ९६० रुपैयाँ थियो ।