ट्रम्पको विजयपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट, नेपालमा प्रतितोला ४ हजार रुपैयाँ घट्यो
काठमाडौं, कात्तिक २२
अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (२०८१ कात्तिक २२ गते बिहीबार) छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ । बुधबार छापावाल सुन १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेको छ भने डलर मजबुत बनेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य ७६ डलरले घटेको थियो । बिहीबार बिहान पनि सुनको मूल्यमा गिरावट देखिएको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर एक हजार नौ सय सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला २ हजार १५ रुपैयाँ थियो ।