समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंकको खबर । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले कात्तिक १२ गतेदेखि कात्तिक २० गतेसम्मका लागि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गरेको थियो ।

लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्काशन गरेको हो। 

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

All banking information at your fingertips.

शेयर गर्नुहोस