समृद्धि फाइनान्सले मंसिर ६ गते डाक्यो वार्षिक साधारणसभा
बैंकको खबर । समृद्धि फाइनान्सले २०८१ मंसिर ६ गते बिहीबार मकवानपुर जिल्ला हेटौडामा स्थित होटल एभोकाडो (अर्किड रिसोर्ट)मा बिहान १० बजे २३औँ वार्षिक साधारणसभा बोलाएको छ ।
कात्तिक १३ गते बसेको फाइनान्स सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गर्नेछ ।
यस्तै साधारणसभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीसँग एक आपसमा गाभ्ने गामिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)को लागि छलफल गरी निर्णय गर्नेछ ।
फाइनान्सले साधारणसभा प्रयोजनका लागि कात्तिक २५ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ । जसअनुसार कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाउन पाउनेछन् ।
all banking information at your fingertips.