सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो


अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले थप उचाई कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (२०८१ कत्तिक १४ गते बुधबार) छापावाल सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेर एक लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छ । यो मूलय अहिलेसम्मकै उच्च हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज बजारमा चाँदी प्रतितोला दुई हजार १२० रुपैयाँमा किनबेच भइरहेको छ । 

 

 

२०८१ कत्तिक १४ गते बुधबार

शेयर गर्नुहोस