हिमालयन लघुवित्तले लाभांश वितरण नगर्ने


बैंकको खबर । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । 

लघुवित्तको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस